स्वामी रामदेव र आचार्य बालकृष्ण सप्तरीको छिन्नमस्तामाः बली प्रदान मुक्त घोषणा कार्यान्वयन गर्न आह्वान

0
93

राजविराज, ११ मंसिर । विश्व प्रसिद्ध योग गुरु स्वामी रामदेवले सप्तरीको प्रसिद्ध छिन्नमस्ता शक्तिपीठलाई बली प्रदान मुक्त क्षेत्रको रुपमा कार्यान्वयन गर्न आह्वान गरेका छन् ।
लक्षचण्डी रुद्र महायज्ञ आयोजक समितिले शनिवार शक्तिपीठ परिसरमा शनिवार आयोजना गरेको भव्य समारोहका बीच उनले बली प्रदान मुक्त शक्तिपीठ घोषणा गर्न आग्रह गर्नुभएको हो । सम्पूर्ण जीवजन्तु श्रृष्टिको सन्तान भएको तर्क राख्दै स्वामी रामदेवले बली दिई रगतको धारा बगाएर माता खुशी नहुने भएकोले बली प्रदानको परम्परा तोड्दै बली प्रदान नगर्न नगराउन शक्तिपीठ संरक्षण समिति र जनसमुदायसँग आग्रह गर्दै उनले भने ‘रगतको धारा बगाएर छिन्नमस्ता माता खुशी हुँदैन, माता रगतको भोको नभई प्रेम र भावको भोको हुनुहुन्छ, त्यसैले बली प्रदान गर्ने कार्य तत्कालै बन्द गरौं ।’ शक्तिपीठमा खसी बोकाको बली दिन आएमा स्थानीयवासिन्दालाई कडाईका साथ पालना गर्न उनले आग्रह गरे ।swami-ramdev-5
खसी, बोकालगायतका जीवको बलीको साटो मीठाई, फलफूल आदि प्रसाद चढाउन स्वामी रामदेवले आह्वान गरे । हिन्दू धर्म जीव हत्या विरोधी रहेको बताउँदै उनले भने ‘के कृष्ण, राम, सीता, महादेवी, पार्वती आदि मासांहारी थिए त ? कदापि थिएन, त्यसैले हामीले पनि यो मानवता विरोधी कार्यलाई सदाकालागि त्याग्नु जरुरी छ ।’
केही अति आवश्यक योगाभ्यास देखाउँदै योग गुरु रामदेवले दैनिक रुपमा योग गरेर स्वस्थ्य रहन आम जनसमुदायसँग आग्रह गरे । हाल बजारमा विभिन्न ब्राण्डका कमसल एवम् गुणस्तरहीन सामानहरु आईरहेको दावी गर्दै उनले भने ‘सकभर स्वदेशी उत्पादन प्रयोग गरौं, पतञ्जलीका उत्पादनहरु प्रयोग गरी देश र समाज विकासमा योगदान पुर्याउन आग्रह छ ।’swami-ramdev-4
सोही समारोहमा आचार्य बालकृष्णले बली प्रदानको परम्परालाई समाजबाट सदाकालागि मेटाउन आग्रह गर्दै शाकाहारी जीवन निर्वाह गरी पूर्वजको आदर्शलाई कायम राख्न आग्रह गरे । उनले जीव हत्या गर्ने कार्यलाई धर्तीबाट हटाउन सञ्चारमाध्यमलाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्दै भने ‘जीव हत्यालाई रोक्न सञ्चारमाध्यमको भूमिका अपरिहार्य रहेकोले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्दछौं ।
शक्तिपीठमा बली प्रदान कार्य रोक्नमा योगदान पुर्याउन आग्रहसहित पीठाधीश महाकान्त ठाकुरलाई एक लाख रुपैयाँ दक्षिणा दिएका छन् । शक्तिपीठमा आगामी चैत्र १६ गतेदेखि नेपालमै पहिलो पटक आयोजना हुन लागेको लक्ष्चण्डी रुद्र महायज्ञकालागि पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता आचार्य बालकृष्णले पाँच लाख रुपैयाँ उललब्ध गराउने घोषणा गरेका छन् ।swami-ramdev-2
नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादवद्वारा सञ्चालित कार्यक्रममा छिन्नमस्ता गाउँ विकास समितिका पूर्व अध्यक्ष सत्यनारायण यादवले स्वामी रामदेवलाई नागरिकको तर्फबाट अभिनन्दन गरेका छन् । यस्तै यादव सेवा समितिका अध्यक्ष भीमराज यादव, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवसमेतले फूलको माला तथा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
यसअघि स्वामी रामदेव र आचार्य बालकृष्णले छिन्नमस्ता शक्तिपीठमा पूजाआजा समेत गरेका थिए । कार्यक्रममा सहभागी हुन सप्तरीको विभिन्न गाउँ विकास समितिका साथै भारतको विहारको विभिन्न गाउँहरुबाट हज्जारौंको संख्यामा सर्वसाधारण सहभागी भएका थिए ।तस्विरहरुः श्यामसुन्दर यादव/न्यूज टुडे

swami-ramdev-1

swami-ramdev-3

LEAVE A REPLY