अस्पतालको शैली विरुद्ध सद्भावना अध्यक्ष तिवारी आमरण अनशनमा

0
68

राजविराज, ८ मंसिर । मधेशी मोर्चा सप्तरीले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको विषयमा मेडिकल सुपरिन्टेन्डेन्ट दिलिप साहसँग सूचना माग्न जाँदा हैकमवादी शैली प्रयोग गरेको आरोप लगाएका छन् ।
नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारीको नेतृत्वमा बुधवार अस्पताल पुगेको टोलीले सूचना माग्दा हैकमवादी शैलीको भाषा प्रयोग गरेको जनाईएको छ । मेसु साहले धम्की शैलीमा कराउँदै प्रहरी बोलाएर दुव्र्यवहार गर्न खोजेको अध्यक्ष तिवारीले जानकारी दिए । अस्पताल आईपुगेका प्रहरीलाई वास्तविकता बताएपछि उनीहरु फर्किएको उनले बताए ।aspatal-prasasan
मेसु साहको क्रियाकलापप्रति आपत्ति जनाउँदै नेपाल सद्भावना पार्टीका अध्यक्ष तिवारीले अस्पताल परिसरमा रहेको चबुतरामा आमरण अनसन थालेको जानकारी दिएका छन् । अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउनुका साथै व्यवस्थित गर्नकालागि तिवारीको नेतृत्वमा मोर्चाले विभिन्न दवाबमूलक गतिविधिहरु गर्दैआएका छन् । अल्टिमेटमसहितको मागपत्र बुझाएका छन् ।
यस अघि मोर्चाका संयोजक सुबी यादवको नेतृत्वमा कार्तिक १२ गते सात दिने अल्टिमेटमसहितको मागपत्र बुझाईएको थियो । अस्पताल बालमैत्री, विरामी बालबालिकालाई उपलब्ध हुने खानाको सुप्रबन्ध हुनुपर्ने, विरामीहरुलाई स्वस्थ, पोषिलो खाना, स्वच्छ पानी, अस्पतालको नाक, कान, घाँटी, छाला, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिष्टलगायतका चिकित्सक, प्राविधिक उपलब्ध हुनुपर्ने, प्रसुती गृह, निर्माणाधिकन भवनको अविलम्ब निर्माण कार्य, चिकित्सकहरुको आवासको व्यवस्थालगायतका माग गर्दैआएका छन् ।
शल्य चिकित्सक सम्वन्धि सम्पूर्ण सामग्रीको व्यवस्था, बेडहरुमा बेडसिट, शौचालय, धारा, झ्याल, पंखा मर्मत सम्भार, एसीको व्यवस्था, फोहोर व्यवस्थापन, अस्पतालभित्र पशुको प्रवेशमा रोक, सुरक्षा गार्डलगायतको माग गरिएको छ । सूचनाको हक तहत औषधीहरुको सूची अस्पताल परिसरमा राखिनुपर्ने, डियुटी तालिका, प्राप्त बजेट र खर्चको विवरण, जिन्सी खाता, विरामीलाई उपलब्ध गराईने खानाको विवरण, सुत्केरी, गर्भवतीकालागि पोष्टिक खाना, लुगा, प्रोत्साहन भत्ता, परिवार नियोजन विवरण, इमरजेन्सी र बहिरंग चिकित्सककालागि उपलब्ध हुने औषधिहरुको लिष्ट उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दैआएका छन् । अस्पताल प्रशासनले भने सूचना दिन आनाकानी गर्दैआएका छन् ।

LEAVE A REPLY