सप्तरीमा संविधान दिवसको विरोधमा जन प्रदर्सन

0
85

सप्तरी, असोज ३ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले सोमवार भव्य रुपमा कालो दिवस मनाउन लागको छ । मोर्चाले कालो दिवसका अवसरमा दिउँसो चार बजे हातमा कालो पट्टी बाँधेर कालो झण्डाकासाथ बृहत प्रदर्शनको तयारी भईरहेको सङ्घीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।
उनका अनुसार कालो दिवसका अवसरमा बढीभन्दा बढी जनसहभागिता होस् यसकालागि गाउँगाउँबाटसमेत सर्वसाधारण जनताको व्यापक सहभागिता रहनेछ । साँझ ७।३० बजदेखि ८।३० बजेसम्म एक घण्टा ब्ल्याक आउट(अँध्यारो) गर्ने कार्यक्रम तय भएको नेता साहले बताए । उक्त समयमा गाउँगाउँमा समेत डिबिया वा लालटेनसमेत नबालेर मधेश विरोधी संविधानको विरोध गर्न उनले आग्रह गरेका छन् । मधेसी जनताको छाती तथा टाउँमा गोली ठोकेर जबरदस्ती लादिएको संविधान कुनै पनि हालतमा स्वीकार्न नसकिने बताउँदै उनले भने ‘मधेसी जनतालाई निर्ममतापूर्वक हत्या गरी त्यसलाई कुल्चेर जारी गरिएको संविधान कदापि स्वीकार्य हुँदैन, जबसम्म मधेसको मागलाई संविधानमा लिपिवद्ध गरिँदैन तबसम्म यो संविधान कागजको खोस्टो जस्तै रहन्छ ।’
यता संविधान दिवस मनाउने जिम्मेवारी पाएको जिल्ला विकास समिति सप्तरीलेसमेत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आग्रहमा संविधान दिवस नमनाउने भएको छ । मोर्चाका नेताहरुले गरेको आग्रह अनुसार जिल्ला विकास समितिले संविधान दिवसको अवसरमा कुनै पनि कार्यक्रम नगर्ने निर्णय भएको श्रोतले जनाएको छ ।

LEAVE A REPLY