३१ जिल्लाले स्थानीय तहको प्रतिवेदन बुझाएको छ

0
113

काठमाण्डौ, २८ भदौ ।
स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न बनेको आयोगले ३१ जिल्लाको प्रतिवेदन प्राप्त भएको जनाएको छ ।

असोज मसान्तभित्रमा प्रतिवेदन बुझाउनु पर्ने भएकाले आयोगले तीब्र गतिमा काम गरिरहेको आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी दिनुभयो । सरकारले आगामी चैतमा चुनाव गर्ने प्रस्ताव गरेकोले त्यसका लागि असोज मसान्त भित्रमा आयोगले प्रतिवदेन बुझाउनै पर्ने पौडेलको भनाइ छ ।

अहिलेसम्म ३१ वटा जिल्लाबाट स्थानीय तहको सिमाङ्कन प्रतिवेदन पठाइसकेको र बाँकी जिल्लामा पनि चाडै काम सकिने उहाँले जानकारी दिनुभयो ।

आयोगले असोज मसान्तसम्ममा सरकालाई प्रतिवेदन दिने गरी काम गरिरहेको जनाएको छ । आयोगले स्थानीय तहको संख्या ५ सय ६५ प्रस्ताव गरेपछि सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले असन्तुष्टी जनाएका छन् ।

LEAVE A REPLY