जिल्लाको ६ वटै क्षेत्र र राजविराजमा एकसाथ सरसफाइ गरिने

0
32

सप्तरी, २१ भदौ । ५० हप्ते सरसफाई अभियानका अभियानीहरु जिल्लाको ६ वटै क्षेत्र र राजविराजमा एकै दिन सरसफाई गर्ने भएका छन् ।
मंगलबार राजविराजमा बसेको सप्तरी युवा मूल समारोह समिति अन्तर्गत सबै क्षेत्रका संयोजकहरुको बैठकले सदरमुकामसहित सबै क्षेत्रमा सरसफाई गर्ने निर्णय गरेको छ । एक ठाउँमा मात्र सरसफाई गर्दा अभियानले राखेको लक्ष्य पूरा गर्न नस्कने भन्दै सबै क्षेत्रको कुनै एक ठाउँमा सरसफाई गरिन भएको छ । सप्तरी जिल्लाको ६ वटै निर्वाचन क्षेत्र र सदरमुकाममा प्रत्येक शनिबार एकसाथ सरसफाई गर्न युवा पदाधिकारीहरु सहमति भएका हुन् ।
त्यसै गरी बैठकले सार्वजनिक ठाउँमा फोहोर नगर्न सन्देश प्रवाह गर्ने निर्णय पनि गरेको छ । साथै क्षेत्रिय र जिल्ला समितिको सहयोगमा सबै गाविस र नगरपालिकामा समिति बनाउने निर्णय पनि भएको एक सदस्यले जानकारी दिए ।
उनका अनुसार समितिको अर्काे बैठक क्षेत्र नम्बर २ को संयोजनमा आगामी असोज ८ गते हनुमाननगर योगिनिमाई नगरपालिकामा बस्ने निर्णय भएको हो ।

LEAVE A REPLY