आज चौरचन पर्व र तिज एक साथ मनाउदै ।

0
72

सप्तरी, १९ भादौ । हिन्दु धर्माबलम्वी महिलाहरु आज चौरचन पर्व र तिज एक साथ मनाउन लागेका हुन ।
हिन्दु धर्मावलम्वीहरुको महत्वपुर्ण पर्वहरु मध्ये चौरचन अर्थात चौठी चाँद एक हो । यस पर्वलाई गणेश चतुर्दशीको रुपमा पनि मनाउने गरिन्छ । भाद्र शुल्क चतुर्थीको दिन मनाउने यस पर्वका लागि मिथिलाका नारीहरु बिभिन्न परिकारहरु बनाउन जुटेका छन् । खास गरी मिथिला क्षेत्रमा मनाईने चौरचन पर्व ९चौठी चान० मा चौठी चान बाबाको प्रतिकको रुपमा चन्द्र देवको पुजा आराधना गर्ने गरिन्छ ।
यस पर्वमा मिथिलानीहरुले विभिन्न परिकारहरु बनाउनुको साथै माटोबाट बनेका भाँडावर्तन छाछ, छाछी, कन्तरा, कौरना, ढकना आदिमा दही र खिर राखेर शुक्ल चतुर्थीका दिन साँझ उदाउँदो चन्द्रमालाई अर्घ दिइने गरिन्छ ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।
सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए ।

निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताउँदै उनले सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने बताए । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सक्ने पनि गौतमले बताए

LEAVE A REPLY