भारतमा पेट्रोलको मूल्य बढ्यो, नेपालमा असर गर्ला ?

0
122

१६ भदौ, काठमाडौं । भारतमा बुधबार रातिदेखि पेट्रोल र डिजेलको मूल्यमा वृद्धि भएको छ । पेट्रोलमा भारतीय ३ रुपैयाँ ३८ पैसा र डिजेलमा २ रुपैया ६७ पैसा मूल्य बढेको हो ।

यो सँगै अब भारतमा पेट्रोल प्रतिलिटर ६३.४७ र डिजल ५२.९४ भारु भएको छ । विश्वबजारमा कच्चा तेलमा वृद्धि आएसँगै तेलको मूल्य बढेको भारतीय आयल कर्पोरशन (आइओसी)ले जनाएको छ । भारतमा मूल्य बढेसँगै नेपालमा पनि असर पर्ने सक्छ । नेपालले सबै प्रकारका इन्धन भारतबाट नै आयत गर्छ ।

नेपाल आयल निगमले भने सामन्य मूल्यवृद्धि भएर नयाँ सूची आएको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य नबढ्ने स्पष्ट गरेको छ ।

निगमलाई अहिले पुरानै मूल्य सूचीकै आधारमा पनि प्रतिलिटर पेट्रोलमा १० रुपैयाँ ६५ पैसा र डिजलमा ५ रुपैयाँ ३८ पैसा नाफा छ ।

त्यस्तै निगमलाई अहिले मटि्टतेलमा १६ रुपैयाँ ८८ पैसा, आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर १५ रुपैयाँ ९० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर १ सय ११ रुपैयाँ ७० पैसा फाइदा छ ।

LEAVE A REPLY